KALO CHHAYAN
स्वयम्प्रभा दुवै आँखा चिम्लिएर प्रेमानुभूतिमा लिप्त भइन् । अप्सरा र देवताबीचको प्रेम जस्तो उनीहरुको प्रेम चुरे पर्वतको वरिपरि फैलियो । स्वयम्प्रभालाई अनुरोधको छातीमा लुटुपुटिएर प्रेमको महागहिराइतिरै हराइदिऊँ जस्तो भयो ।
आँ, गरेर मुखसम्म पुर्याएको बोतल हातबाट भुँइतिर झर्यो । ऊ चिच्याउन खोजी । तर उसको आवाज बाहिर आउनै सकेन । त्यो कालो छायाँ ऊ भउतिर लम्कियो । उसले दबेको स्वरमा आबुइ...! आबुइ...! भन्दै आँखा चिम्लिई । भू..त..! भन्दै एकै ठाउँमा डल्लो परी । कालो छायाँ उसको नजिकै आयो । एकपटक उसको अनुहारमा छोयो । मानौं, उसले आफ्नी प्रेमिकालाई छोएको छ ।
स्वयम्प्रभालाई ती दृष्यहरु कुनै हिन्दी फिल्ममा देखाइने रेडलाइट एरिया जस्तो लाग्यो । फरक यत्ति थियो, त्यहाँ देखिने युवतीहरु बेस्वादका रङ्गीचङ्गी पहिरन र श्रृङ्गारमा देखिन्थे । अनेक भद्धा हाउभाउ पेश गरेर ग्राहक बोलाउँथे । उनीहरुसँग चिचिला-मिचिला बालबच्चाहरु हुँदैनथे । तर यहाँ ती रङ्गहरु थिएनन् भद्धा लाली र परैबाट गन्हाउने अत्तरको गन्ध पनि थिएन । थिए त केवल चरम गरीबीले पिल्सिएका निरीह अनुहारहरु...! आफ्नै रोगी लाग्ने र काखमा खेलिरहेका बालबच्चाको मायाले लठि्ठएका बदिनीका निराश आँखाहरु !
लेखकः अनुपम रोशी
प्रकाशकः शब्दहार क्रियशन
वितरकः श. क्रि.
US$ 2.58