GAUTAM BUDDHA
उनको जीवन र दर्शन
बुद्धका अनुसार हरेक मानिसमा बुद्ध बन्ने बीज हुन्छ । ऊ सक्छ । तर त्यसका लागि उसले तयार हुनुपर्छ । अर्थात् गर्नसक्ने हरेक मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ ।
बुद्धले प्रकृतिको नियमको गहन अध्ययन गरे र उनले संसारलाई बुझाए ब्रहृमाण्डको नियम र एक मानिसको आन्तरिक नियम एउटै हुन्छ । उनका अनुसार मानव शरीरमा सबै लोक बसेको छ ।
बुद्धका अनुसार मानव जीवनको मूल समस्या राग, द्वेष, मोह, घृणा, लोभ र भयको विकारबाट कसरी छुटकारा पाउने भन्ने हो । यही विकारले आपसी लडाइँ, एक अर्कासँग युद्ध, आर्थिक असमानता, शोषण अत्याचार, भेदभाव, हिंसा र आतंकवादलाई जन्म दिन्छ ।
बुद्धले धर्ममा वैज्ञानिकताको प्रवेश गराएका थिए । विज्ञानले महान् शिक्षक गौतम बुद्धको मानव व्यक्तित्वलाई पुनःस्थापित गरेको छ । यसैको परिणाम बुद्ध धर्मले कहिल्यै विज्ञानको विरोध गरेन । बुद्ध धर्म एक मनोवैज्ञानिक धर्म पनि हो ।
बुद्ध छुवाछुत र जाति प्रथाको घोर विरोधी थिए । जन्मको आधारमा सामाजिक विशेषाधिकार र सत्यको ज्ञानको दावा मान्न अस्वीकार गरेका थिए बुद्धले ।
एक रोचक तथ्य हो चार महान् दार्शनिक जराथुष्ट्र, पाइथागोरस, बुद्ध र कन्फ्युशियसको जन्म एकै समयमा केहि दशकको अन्तरमा भएको थियो ।
यो पुस्तक बुद्धको बारेमा बुझ्न चाहनेहरुका लागि अति नै उपयोगी हुने छ । किनकी बुद्धको बारेमा यति विस्तृत रुपमा देखिएको पुस्तक नेपाली भाषामा दोस्रो छैन । यस पुस्तकमा बुद्धको जीवनका प्रायः घटना र उनको दर्शनलाई राम्रोसँगले समेटिएको छ ।
लेखकः सं. पुण्यप्रसाद प्रर्साई
वितरकः डिकुरा पब्लिकेसन
US$ 3.32