यो कविता संग्रह संविधानसभाको निस्चित कालखण्डसँग जोडिएको हुनाले ती स्वतः समय सान्दर्भिक छन्, यद्यपि समयसीमाले तिनलार्इ बाँधेको छैन । कविताहरुले एउटा कालखण्डको राजनीतिक चरित्र उजागर गर्दागर्दै पनि तिनमा निहित कालजयी भावले यो संग्रह पठनयोग्य बनाएको छ ।
-रवीन्द्र मिश्र
संग्रहका कविता सरल र सरस हुँदाहुँदै पनि तिनमा गद्यात्मक गहनता प्रशस्त छ । संग्रहका एक्काइस वटै कवितामा देश दुखेको छ, माटो भिजेको छ, रगत पोतिएको पीडा छ अनि आँसु बहेको आहल छ । सबैमा नेताहरुका अक्षमताप्रति व्यंग्य छ, आक्रोश छ ।
-प्रतीक प्रधान
वासुदेव अधिकारीका समयका स्वरहरु (कविता संग्रह, २०४६), मनको हरियो मनको गीत (गीत/गजल संग्रह, २०४७), आफन्तलार्इ सम्बोधन (कविता संग्रह। २०६०), प्रकाशित छन् । अधिकारीले युद्धप्रसाद मिश्रका कविताकाव्य सम्पादन गरेका छन् । उनी हाल शब्द संयोजनको प्रधान सम्पादक/प्रकाशक तथा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको अध्यक्ष एवं साहित्य सन्ध्याका सल्लाहकार छन् ।
लेखक: वासुदेव अधिकारी
वितरकः र्इ. वि.
This item weighs 0.09 k.g.This item is available in Kathmandu/Lalitpur/Bhaktapur
Delivery within Nepal
Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).